‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ | Khabarhub Khabarhub

‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌–फिल्म ‘चिसो एस्ट्रे’ को गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक भएको छ । गीतले पाइरेटेड सपनाहरूको कुरा गरेको छ । गत बिहीबार अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीबीच गीत सार्वजनिक गर्दै गीतका गायक तथा संगीतकार अजर जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए ।

फंक शैलीको गीतमा परम्परागत फिल्ममा जस्तो कलाकार देखिँदैनन् । बरु युवापुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मा आदिलाई एनिमेसन गरी देखाइएको छ ।

चैत ४ मा रिलिज हुने फिल्ममा दिन्श पाल्पालीको निर्देशन छ । फिल्मले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेस गर्छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित रहेको छ,’ गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले भने ।

उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह–निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : ४० बजे

मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी

विराटनगर– कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख

सेती नदिमा बेपत्ता भएका एक जनाको शव फेला

डोटी– डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा

देशका चार सय ३६ स्थानमा डढेलो

काठमाडौं– देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ