दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–२ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेल रहेका छन् । शनिबार साथीसँग नुहाउन दोभानमा पुगेका पोखरेलको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

दिउँसो नुहाउने क्रममा मानिस डुबेको सूचना पाए लगत्तै अर्जुन खोलाका डीएसपी नवीन बुढाथोकी नेतृत्वको १९ जनाको टोली खटिएको थियो । खोज तलास गर्ने क्रममा पोखरेलको शव खोँचमा अड्किएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : २४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र