महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते | Khabarhub Khabarhub

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको मनरासिस्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शनिबार जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको प्रदेश २–०३–०१९ प ११११ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००३ प ६७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा प्रदेश २–०३–०१९ प ११११ नम्बरको मोटरसाइकल चालक जिल्ला सर्लाही बरहथवा नगरपालिका-१६ का ३५ वर्षीय हरी शंकर यादव र सोही मोटरसाइकल पछाडि सवार उनकी श्रीमती २५ वर्षिया सृजना यादव घाइते भएका प्रहरीले जनाएको छ ।

त्यस्तै प्रदेश २–०२–००३ प ६७७ नम्बरको मोटरसाइकल चालक महोत्तरी गाँउपालिका २ का २२ वर्षीय विजय यादव, पछाडि सवार उनकी श्रीमती वर्ष २१ की सुनिता र २ वर्षीया छोरी सोनी रहेका प्रहरीले जनाएको छ ।

घाइते पाँचै जनाको प्रदेशिक अस्पताल जलेश्वरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : ३८ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण