सुदर्शनले ८ वर्षपछि फिल्ममा कमव्याक गर्दै | Khabarhub Khabarhub

सुदर्शनले ८ वर्षपछि फिल्ममा कमव्याक गर्दै


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन् ।

केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन् । फिल्मको केही प्रतिशत छायांकन क्यानडामा हुनेछ । निर्देशक भट्टले फिल्ममा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताएका छन् ।

सुदर्शनले राम्रो टिम र बलियो चरित्र भएकाले फिल्ममा काम गर्न इच्छुक भएको बताए । एक दुर्घटनामा दुवै हात गुमाएका सुदर्शनले बिना हात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाएका छन् । खुट्टाले लेखेर नेपाल कर्मश क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गरेका उनी कम्प्यूटरदेखि गाडीसम्म खुट्टैले चलाउँछन् । उनी क्यानडामा मोटिभेसनल स्पिकरको रुपमा परिचित छन् ।

फिल्ममा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो फिल्मबाट मोडल नीति शाहले अभिनेत्रीको रुपमा डेब्यु गर्दै छिन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : ५८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर