गठबन्धन जोगाउन देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता | Khabarhub Khabarhub

गठबन्धन जोगाउन देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

ओलीविरुद्ध बाबुराम भट्टराईसँगै महन्थ ठाकुर र राजेन्द्र महतो पनि !


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा तीन शीर्ष नेताबीच आज साँझ भेटवार्ता भएको हो ।

उनीहरुबीच झण्डै २ घण्टा भेटवार्ता भएको बताइएको छ । यसअघि पनि नेता नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटवार्तामा निजगढ विमानस्थल निर्माण, मन्त्रि हेरफेर, सत्तारुढ गठबन्धनलाई बलियो बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

आजै प्रधानमन्त्री देउवासँग लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग पनि भेटवार्ता गरेका थिए । त्यस्तै सोमबार नै डा. बाबुराम भट्टराईले पनि देउवासँग भेटवार्ता गरेका थिए ।

पछिल्लो समय कांग्रेस नेतृत्वको गठबन्धन तोड्न जसपाका अध्यक्ष उपेन्द्र यादव सक्रिय रहेको टिप्पणी बाबुराम नै गर्न थालेका छन् । यस्तै केही समय पहिले ओलीको लागि जसपा फुटाएका महन्थ ठाकुर र राजेन्द्र महतो पनि अहिले एमालेविरुद्ध गठबन्धनमै लाग्ने संकेत देखाइरहेका छन् ।

सोही कारण सोमबार बालुवाटारमा भएको भेटवार्ता गठबन्धन जोगाएर चुनावमा जाने र थप बृह्त बनाउने तयारी घनीभूत छ । यसका लागि एमाले नेताहरुको सक्रियता र सम्भावित योजनाका साना–साना सूचनाबारेमा पनि बालुवाटारमा गम्भीर छलफल हुने गरेको छ ।

यो पनि पढ्नुहोस

ओली-नारायणकाजी भेटले नेपाली राजनीति तरंगित

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ११ : १८ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार