आईजीपी बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा | Khabarhub Khabarhub

आईजीपी बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ। आज सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चूडालको इजलासले आईजीपी बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको मुद्दाको अर्को पेशी असार ५ गते आइतबारका लागि तोकिएको छ ।

यस रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ शुरु भएको हो । आफू पहिलो वरीयता क्रममा रहेपनि सरकारले तेस्रो वरीयता क्रममा रहेका सिंहलाई आईजीपी बनाएको भन्दै पोखरेलले रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ७ : २८ बजे

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा