नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना | Khabarhub Khabarhub

नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले एक वर्षमा करिब ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ ।  भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको कुकुर र बिरालोको खाना पठाएको विभागले जनाएको छ ।

सो मूल्यमा १७ लाख ४४ हजार ४५१ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको छ ।

ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, सेन्ट हेलेना, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिका र भियतनाममा नेपालले कुकुर र बिरालोका खाना पठाउँदै आएको छ ।

नेपालबाट सबैभन्दा ठूलो मात्रामा कुकुर र बिरालोका खाना अमेरिकाले आयात गर्दै आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष मात्र अमेरिकाले नेपालबाट २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको कुकुर र बिरालोको खाना आयात गरेको छ ।

गत आर्थिक वर्ष नेपालबाट क्यानडाले ३१ करोड ३५ लाख ५२ हजार रुपैयाँ, कम्बोडियाले १ करोड ४३ लाख ३९ हजार रुपैयाँ, हङकङले १ करोड १९ लाख १३ हजार रुपैयाँ, जापानले ३ करोड ५ लाख ६८ हजार रुपैयाँ, नेदरल्याण्ड्सले १ करोड ९३ लाख ५० हजार रुपैयाँ, सिंगापुरले १ करोड २९ लाख ८५ हजार रुपैयाँ र बेलायतले ३ करोड २८ लाख ५४ हजार रुपैयाँको कुकुर र बिरालोको खाना आयात गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको १२ लाख ६२ हजार ९९८ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : ५५ बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी