कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवा सञ्चालन | Khabarhub Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवा सञ्चालन


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनःसञ्चालनमा ल्याएको छ । सो सेवा हप्ताको दुई दिन सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए । जुम्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले  आफूहरूले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याउन पहल गरेको प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए ।

यसबाट आर्थिक अवस्था कमजोर भएका बिरामीले सहजरूपमा जुम्लामै उपचार गर्न पाउने भएका छन् । भौतिक व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठानले यो सेवा सञ्चालनमा ल्याएपछि  बिरामीहरूलाई सहज हुने भएको छ । विशेष गरी नेपालीहरूमा ग्यासट्राईटिसको कारणले गर्दा पेट र आन्द्राहरुमा हुने घाउलाई इन्डोस्कोपीको माध्यामबाट सजिलै पहिचान गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

सो सेवा लिनका लागि नेपालगञ्जकाठमाडौंलगायत भारतको लखनउमा गएर इन्डोस्कोपी गराउनुपर्ने बाध्यता  अहिले जुम्लामै उपचार भएपछि बिरामीहरूलाई थप टेवा पुगेको प्रतिष्ठानका निर्देशक राजिव शाहले जानकारी दिए । आर्थिकरूपमा पछाडि परेका गरिब असहाय तथा सीमान्तकृत समुदायका बिरामीलाई अस्पतालले निःशुल्क उपचार गर्दै आइरहेको कर्णाली उक्त प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : ११ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन