यस्तो छ परिणीतिको बलिउड यात्रा  | Khabarhub Khabarhub

यस्तो छ परिणीतिको बलिउड यात्रा 


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेत्री परिणीति चोपडाले गत वर्ष मात्र नेपालमा समेत फिल्म छायांकन गरिन् । राजश्री प्रोडक्सनको व्यानरमा बनिरहेको फिल्म ‘उचाइ’ को छायांकनका लागि उनी नेपाल समेत आएकी थिइन्।

बलिउड निर्देशक सुरज बडजात्याको निर्देशनमा तयार भइरहेको फिल्म ‘उचाइ’ मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्तालगायतको अभिनय रहेको छ ।

राजश्रीको ब्यानरमा जोडिन पाउँदा उनी निकै उत्साहित छिन् । बलिउडमा एक दशकको यात्रा तय गरिसकेकी यी अभिनेत्रीले लन्डनमा म्यानचेस्टर बिजनेस स्कुलमा बिजनेस, फाइनान्स र इकोनोमिक्समा डिग्री गरेकी छिन् । यसैले गर्दा उनले त्यहीँ केही बैंकमा जागिरका लागि प्रयास गरिन् ।

तर, उनले कतै काम पाइनन् । पढाइ गर्ने समयमा ५० लाख ऋण भएकाले उनले भारत फर्किने निर्णय गरिन् । ‘म लन्डनबाट मुम्बई फर्किएँ किनकि दिल्लीभन्दा मुम्बईको टिकट सस्तो थियो,’ उनले एक अन्तर्वार्तामा भनेकी छिन् ।

उनी मुम्बई आएपछि यशराज फिल्म्समा एकाउन्टेन्टको कामका लागि एप्लाइ गरिन् । तर, त्यो पोस्टमा जागिर खाली नहुँदा उनलाई यशराज फिल्म्सले मार्केटिङ र पीआर डिपार्टमेन्टमा इन्टरनसिप दियो, जसलाई उनले स्वीकार गरिन् । ‘म त्यहाँ आफ्नै पढाइसँग सम्बन्धित काम चाहन्थे र त्यहीअनुसार जोडिएँ ’उनले भनिन् । त्यही अफिसमै निर्देशक मनिष शर्माले परिणीतिलाई स्पट गरे । त्यसै कारण उनले सन् २०११ को फिल्म ‘लेडिज भर्सेस रिकी बेल’ मा चान्स पाइन् ।

त्यो फिल्ममा काम गर्न उनलाई सहज भने थिएन । किनकि उनले केही ट्रेनिङ लिए पनि फिल्मका बारेमा जानकार थिइनन् । त्यसैले उनले मनिषलाई धेरै प्रश्न गर्ने गर्थिन् । ‘म क्यारेक्टरको बारेमा धेरै सोध्ने गर्छु किनकि म स्पष्ट नभएसम्म सट दिन सक्दिनँ’ परिणीति भन्छिन् । त्यसपछि उनले यशराज फिल्म्सकै फिल्महरू लगातार गरिन् ।

पछिल्लो समय उनले एक छुटै पहिचान स्थापित गरिसकेकी छिन् । उनी फिल्मसँगै रियालिटी शोमा समेत व्यस्त छिन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  २ : २८ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये