सेयर बजार घट्नेक्रम रोकिएन, परिसूचक २३८५ विन्दुमा | Khabarhub Khabarhub

सेयर बजार घट्नेक्रम रोकिएन, परिसूचक २३८५ विन्दुमा


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजार मंगलबार ३४ दशमलब ७९ अंकको ओरालो लागेसँगै २३८५ दशमलब ०१ अंकमा अएर बन्द भएको छ । घट्ने क्रम जारी रहँदा कारोबार रकम भने ड्राइ भएको छ । यस दिन २३७ कम्पनीको ३७ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५२ करोड रुपैयाँ भएको छ ।

यसरी बजार घट्दा कारोबार रकममा कमि आउनु भनेको लगानी कर्ता योभन्दा सस्तोमा सेयर बेच्न राजी नभएको बुझिन्छ । मंगलबार बजार रातो हुँदा २३७ कम्पनीमध्ये २०३ वटा रातो, २३ वटा हरियो र १० वटा स्थिर रहे ।

होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । अधिक घट्नेमध्ये इमजिन नेपाल ६ दशमलब ५९ प्रतिशत घट्दा ९३५, न्यादी हाइड्रो ६ दशमलव ०७ प्रतिशतले घट्दा ४०१ दशमलव १ मा, घलेम्दी हाइड्रो ५ दशमलव ९ प्रतिशतले घट्दा २७१ मा र राष्ट्र उथान लघुवित्त ५ दशमलव ३६ प्रतिशतले घट्दा १३०६ दशमलब १ मा अन्तिम कारोबार भएको छ ।

नेश्डो लघुवितको सेयर मूल्य २०५७ पुगेको छ । विजया लघुवित्त, मनकामना लघुवित्त, रुरु जलविद्युत्, शिव शि हाइड्रो भने करिब १ प्रतिशत आशपाश बडेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : ५७ बजे

प्रधानमन्त्रीको सम्पत्ति सार्वजनिक

काठमाडौं– मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट– संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान

सिरोहियालाई कांग्रेसको साथ, एकसाथ कान्तिपुर कार्यालय पुगे २० बढी सांसद

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुरधाम– मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय