यस्तो छ चायापोतो भएको अनुहारमा मेकअप गर्ने सही तरिका  | Khabarhub Khabarhub

यस्तो छ चायापोतो भएको अनुहारमा मेकअप गर्ने सही तरिका 


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अव्यवस्थित जीवनशैली, खानपान र वातावरणबाट छालामा पर्न सक्ने असरबाट जोगाउन मेकअपको आवश्यकता पर्दछ । खास गरी चाउरीपना, दाग वा अन्य समस्याबाट बच्न र व्यक्तित्वमा निखार ल्याउन सौन्दर्य प्रसाधनको प्रयोग गरिन्छ । तर चायापोतो वा अन्य समस्या भएको छालामा मेकअप गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

सामान्य मेकअपबाट पनि चायापोतो हटाएर सुन्दर देखिन सकिन्छ । छालालाई असर नपर्ने खालको प्रसाधनको प्रयोगबाट घरमा स्वयंले मेकअप गर्न सकिन्छ । सामान्य लुक्सका लागि कुनै विशेष कोर्सको आवश्यकता हुँदैन । चायापोतो भएको अनुहारमा मेकअप गर्दा निम्नकुरामा ध्यान दिनुपर्छ ।

– मेकअप गर्नुभन्दा अगाडि सफा पानीले अनुहार धुनुपर्छ ।
– अब क्रमशः मोस्चराइजर वा सनब्लक र टोनरको प्रयोग गर्नुपर्छ ।
– जस्तोसुकै मेकअप गर्दा पनि सुरुवातमा मोस्चराइजर वा सनब्लकको अनिवार्य प्रयोग गर्नुपर्छ । यसले छालामा हुने क्षति कम गर्छ ।
– अब अनुहारको जुन-जुन भागमा चायापोतो वा दाग छ, त्यस भागमा छालाको सेडभन्दा एक सेड डार्क अथवा सुन्तला रंगको कन्सिलर प्रयोग गर्नुपर्छ । यसको प्रयोग ड्याबिड मोसन अर्थात् हलुका गरी हातले थपथपाउँदै लगाउनुपर्छ ।
– फाउन्डेसनको प्रयोग छालाको रंगअनुसार गर्नुपर्छ, ता कि मेकअप भद्दा नदेखियोस् । साथै, पहिले प्रयोग गरेको कन्सिलर बिग्रन नदिन अनुहार बिस्तारै फाउन्डेसन लगाउनुपर्छ ।
– अनुहार थप गोरो बनाउन फाउन्डेसनपछि आफ्नो स्किन टोनभन्दा एक सेड लाइट रंगको फाउन्डेसन हलुका गरी पुरै अनुहारमा लगाउन सकिन्छ ।
– अनुहारलाई कुनै आकार जस्तै ओभल सेप दिने इच्छा भए थोरै डार्क सेड कन्सिलर गालामा, जलाइनमा, निधारमा र नाकमा सेप दिन सकिन्छ ।
– यसमाथि हलुका ब्रसको सहयोगले पाउडर टचअप गर्न सकिन्छ ।

अनुहारमा चायापोतो भएको व्यक्तिले सकेसम्म टल्किने खालको प्रसाधनका सामग्री प्रयोग गर्नु हुँदैन । यस्ता सामान प्रयोग गर्दा चायापोतो झन् देखिन्छ । साथै छालामा असर पर्दछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : २० बजे

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने 

काठमाडौं– चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ

लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि प्रिमियम गन्तव्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए

वीरगञ्ज– जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा  रु ८६ करोड