ताइवानमाथिको चिनियाँ दबाब सामान्य बनाउन दिन्नौँ : अमेरिका | Khabarhub Khabarhub

ताइवानमाथिको चिनियाँ दबाब सामान्य बनाउन दिन्नौँ : अमेरिका


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेय : अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दबाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन्। चीनले आफ्नो दाबी गरिएको टापुको भ्रमणपछि केही बेइजिङको सैन्य अभ्यासलाई लिएर उनको भनाइ आएको हो।

‘चीनले ताइवान माथिको नयाँ दबाबलाई सामान्यकरण गर्न खोजेको पायौँ। र हामी त्यसो हुन दिन सक्दैनौं’, पेलोसीले एसिया भ्रमणका क्रममा उनीसँगै यात्रा गरेका अन्य चार डेमोक्र्याटिक हाउसका सदस्यहरूसँगको पत्रकार सम्मेलनमा भनिन्।

चीनले ताइवान वरपर ‘विभिन्न कार्य’ पूरा गरेको तर तर नियमित गस्ती जारी राख्ने जनाएको छ। स्वशासित टापुमा दबाब जारी राख्ने जनाएको छ।

ताइवान टापुको वरपर समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ। पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त भएपछि ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ। चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ७ : २८ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण