काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने मन्त्री चौधरीको स्पष्टोक्ति | Khabarhub Khabarhub

काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने मन्त्री चौधरीको स्पष्टोक्ति


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारेका छन् । सोमबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बन्न लागेको पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकको शिलान्यास गर्दै मन्त्री चौधरीले बागमतीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर ५–६ करोड लिटर पानी  र भूमिगत सतहको पाँच करोड लिटर भन्दा बढी पानीको व्यवस्था गरेर काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने बताएका हुन् ।

उनले मेलम्चीको विकल्पको रूपमा अन्य स्थानबाट पनि काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन भइरहेको जानकारी दिए । मन्त्री चौधरीले बाढीबाट मेलम्चीको सुरुङलाई जोगाउनका लागि टनेल बन्द गरिएको भन्दै मनसुन सकिने बित्तिकै मेलम्चीको पानी ल्याउने बताए ।  एसियाली विकास बैंकको टोलीले मेलम्ची खोलाको भौगर्भिक अवस्थाको अध्ययन गरिरहेको भन्दै मन्त्री चौधरीले सो अध्ययन प्रतिवेदन अनुसार आगामी आर्थिक वर्षदेखि पहिरो नियन्त्रणको काम अघि बढाउने दाबी गरे ।

यसअघि चैत्र २४ गते बसेको मन्त्रपरिषद् बैठकले सुन्दरीजलको सुरुङ नजिक कृष्ण प्रसाद भट्टराईको सालिक बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : ३५ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको