समाजवादीद्वारा उम्मेद्वारका लागि मापदण्ड तय | Khabarhub Khabarhub

समाजवादीद्वारा उम्मेद्वारका लागि मापदण्ड तय


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार मापदण्ड तय गरेको छ ।

काठमाडौँमा सम्पन्न भएको पार्टीको २० औं केन्द्रीय सचिवालय बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार मापदण्ड तय गरेको हो ।

उम्मेदवार सिफारिस तथा छनोटको गर्दा सबैभन्दा पहिला पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको व्यक्ति हुनुपर्नेछ । त्यस्तै पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको र जनतामा स्थापित एवं लोकप्रिय भएको हुनुपर्ने समाजवादीको मापदण्ड छ ।

त्यस्तै स्वच्छ छवि भएको र सुशासनको पक्षपाती भएको, कार्यक्षमता राम्रो भएको र समावेशीतालाई ध्यान दिने मापदण्ड समाजवादीले तोकेको हो ।

समाजवादीले स्थानीय निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रियासमेत तय गरेको छ । जसमा वडा सदस्यका लागि पार्टी वडा कमिटीको सिफारिसमा पालिका कमिटीले निर्णय गर्नेछ ।

वडाध्यक्षका लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि पार्टी पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको हकमा भने केन्द्रीय कमिटीले निर्णय गर्नेछ । त्यसका लागि पार्टीको सम्बन्धित पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले सिफारिस गर्नुपर्नेछ ।

कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी फैसला गर्नेछ । सिफारिस गर्ने क्रममा सर्वसम्मति भएमा सोही नाम पठाउने र सर्वसम्मति नभएमा आकांक्षीमध्ये कम्तीमा एक महिलासहित तीन जनाको नाम पठाउनुपर्नेछ ।

उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गर्ने निर्णयसमेत सचिवालय बैठकले गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : २७ बजे

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि