राष्ट्रसङ्घले इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने | Khabarhub Khabarhub

राष्ट्रसङ्घले इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घले अफ्रिकी मुलुक इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । खडेरी प्रभावितलाई मानवीय सहयताको खाँचो रहेको भन्दै राष्ट्रसङ्घले खाद्यान्न उपलब्ध गराइने जनाएको हो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता निकायलाई खडेरीबाट पीडित भएका एक करोड ६० लाख र बाढी प्रभावित १७ लाख इथियोपियालीलाई सहयोग गर्न आह्वान गरिएको छ ।

इथियोपियामा गएको ४० वर्षयताकै सबैभन्दा खराब खडेरी परेको पाइएको छ । यसबाट धेरैभन्दा धेरै नागरिकले अत्यावश्यक वस्तुको अभाव झेलिरहेका छन् ।

महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले त्यहाँको खडेरी इतिहासकै सबैभन्दा खराब प्रकृतिको रहेको भन्दै यसबाट लाखौँ मानिस विस्थापित भएका बताएका छन् ।

उनले यो खडेरीका कारण करिब ३५ लाख पशु चौपायासमेत मरेका जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयातासम्बन्धी एजेन्सीलाई उद्धृत गर्दै उनले जनाएअनुसार खडेरी पीडितमध्ये अधिकांशले खाद्यान्नको अभाव झेल्नुपरेको छ ।

साथै इथियोपियाका बालबालिका तथा महिलाले आवश्यक पोषणको अभावमा विभिन्न प्रकृतिका रोगबाट झेल्नुपरेको पाइएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले इथियोपियामा एकातर्फ खडेरीले मानिसमा असर गरेको र अर्कातर्फ बाढीका कारण पनि धेरै नागरिकको ज्यान गएको र विस्थापित हुनुपरेको जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : ३५ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले