एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड | Khabarhub Khabarhub

 एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता कायम राख्न, महिलामाथिको कार्यबोझ कम गर्न र आयातित एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वयमा जिआइजेड/इन्डेभले आज आयोजना गरेको नेपालमा विद्युतीय चुलोको प्रवर्द्धन भूमिका, उत्तरदायित्व, अवसर र अवधारणा विषयक कार्यशालाका सहभागीले मुलुक विस्तारै विद्युतीय ऊर्जामा आत्मनिर्भर हुन गइरहेको सन्दर्भमा विद्युतीय चुलाको प्रयोगलाई बढाउँदै लैजानुपर्ने र यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र र सहयोगी दातृ संस्थाले उपयुक्त नीति, कार्यक्रम र योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

कार्यशालामा पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले स्वदेशी विद्युत् खपत बढाउन विद्युतीय चुलोको प्रयोगसँगै रोप–वेजस्ता प्रविधिहरूको प्रवर्द्धन गर्न सकिएमा आयातीत इन्धनको निर्भरता कम गर्न सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा बल पुग्ने विश्वास व्यक्त गरे । 

उनले ग्रामीण क्षेत्रमा निर्माण गरिएका लघुजलविद्युत् आयोजना, वायोग्यासजस्त प्रविधिको दिगो सञ्चालनबाट स्वच्छ भान्छाको अभियान सफल हुने बताउँदै आम जनतादेखि नीतिनिर्माण गर्ने तहसम्म व्यवहार, प्रविधि र व्यवस्थापनमा नवीनता ल्याउन जरुरत रहेको उल्लेख गरे ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक कार्यकारी निर्देशक नवराज ढकाल, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक सदस्य कपिल आचार्य, वातावरणविद् भुषण तुलाधर र ऊर्जाविद् डा इन्दिरा शाक्यले पनि नेपालको आर्थिक समृद्धि र जनताका जीवनस्तरमा सुधार ल्याउन विद्युतीय चुलोको प्रवर्द्धन गर्नुको विकल्प नभएको तर्क गरे । 

कार्यक्रममा अजम्बरी फाउण्डेशनका सुवर्ण कपालीले आयातित ग्यासलाई न्यूनीकरण गरी स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउने उद्देश्यले २०७५ सालदेखि विद्युतीय चुलो राष्ट्रिय अभियानको कार्यान्वयन र यसका सिकाइहरुका बारेमा तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक डा रणबहादुर थापाले विद्युतीय चुलोको कार्यान्वयन र प्रवर्द्धनका लागि सरकारले लिएका रणनीति र योजनाको बारेमा प्रस्तुतिकरण दिएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : ०० बजे

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते