महानगरलाई नर्भिकको जवाफ– संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ | Khabarhub Khabarhub

महानगरलाई नर्भिकको जवाफ– संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लिले काठमाडौँ महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ ।

काठमाडौँ महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ ।

नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले उक्त जग्गा खाली गर्नु नपर्ने दाबी गरेका हुन् । २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौँका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौता पत्रसमेत सार्वजनिक गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएपछि नर्भिकले सम्झौता पत्र नै सार्वजनिक गरेर जग्गा खाली नगर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष सिंहले उनले महानगरले खाली गर्नु भनेको जग्गामा टहराहरू बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरूको सप्लाइ गरेको जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १ : १८ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ