बेनी-जोमसोम-कोरला सडकमा करिब छ अर्ब खर्च | Khabarhub Khabarhub

बेनी-जोमसोम-कोरला सडकमा करिब छ अर्ब खर्च


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब रु छ अर्ब करोड बजेट खर्च भइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा रु पाँच अर्ब ८४ करोड खर्च भएको हो ।

विसं २०७२ मा भएको नाकाबन्दीपछि तत्कालीन सरकारले चीनसँग व्यापार तथा पारवाहन मार्ग विस्तार गर्ने दीर्घकालीन उद्देश्यले सडक आयोजना सुरु गरेको थियो । रु सात अर्ब ५५ करोड कूल लागत अनुमान गरिएको सो आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख जगत प्रजापतिले बताए । ‘सडकतर्फ ८० प्रतिशत र पुलतर्फ ६६ प्रतिशत भौतिक प्रगति भएको छ,’ उनले भने, ‘सडकतर्फ रु ६ अर्ब ३१ करोड र पुलतर्फ रु एक अर्ब २४ करोड बजेट खर्च भई कामसमेत भइरहेका छन् ।’ सरकारले आर्थिक वर्ष २०७९-८० मा यस आयोजनालाई रु एक अर्ब ३८ करोड ७६ लाख विनियोजन गरेको छ ।

थपिएका मालढुङ्गा–बेनी १३ किमी र जोमसोम कागबेनी १३ किमी सडक कालोपत्र गर्ने योजना गत वर्षदेखि सुरु भएको हो । यसअघि बेनी गलेश्वर ४ किमी सडक स्तरोन्नतिको जिम्मा पूर्वाधार विकास कार्यालयले लिएकामा सो सडक पनि अहिले कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । जोमसोम कोरला ११० किमी सडकको सातमध्ये छवटा खण्डको काम सम्पन्न भई कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । चराङ छोसेर २५ किमी सडकको भौतिक प्रगति ९० प्रतिशत छ । उक्त सडक चालु आर्थिक वर्षभित्र सकिने आयोजना प्रमुख प्रजापतिले बताए ।

योसँगै जोमसोम कोरला सतवटै खण्डको ग्राभेल सकिने भएको छ । जोमसोम–कोरला सडकको समग्र भौतिक प्रगति ९८ प्रतिशत छ । उक्त सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न रु दुई अर्ब ६५ करोडमा विभिन्न कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । जोमसोम कोरला सडकअन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी १३ किमी अस्फाल्ट कालोपत्र विस्तार गर्न आर्थिक वर्ष २०७८-७९ मा रु २८ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले १० महिनामा तीन प्रतिशत मात्र भौतिक प्रगति गरेको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्म १३ किमी सडक स्तरोन्नतिसहित अक्फाल्ट कालोपत्र गर्न रु ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । अहिले मालढुङ्गा बेनी १३ किमी सडकको भौतिक प्रगति २० प्रतिशत रहेको आयोजनाले जनाएको छ । कोरला नाका जोड्ने (बेनी जोमसोम कोरला) सडकमा १९ वटा पुल रहेको आयोजनाले जनाएको छ । जसमध्ये पाँचवटा पुल सम्पन्न भइसकेको र बाँकी १४ वटा पुल निर्माणधीन अवस्थामा छन् ।

कोरला सडकअन्तर्गत म्याग्दीतर्फ दुईवटा र मुस्ताङतर्फ तीनवटा पुल निर्माण भएको आयोजना प्रमुख प्रजापतिले बताए । म्याग्दी खण्डको राहुघाट खोला र म्याग्दी दानाको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । मुस्ताङ खण्डतर्फ लेते खोला, स्याङ खोला र पान्डा खोलामा पुल निर्माण भएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ५२ बजे

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,