पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफबीआईको छापा | Khabarhub Khabarhub

पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफबीआईको छापा


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा त्यहाँको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले छापा मारेको छ ।

पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवास केहीबेर एफबीआईले कब्जामा लिएको ट्रम्पले विज्ञप्ति जारी गर्दै बताएका छन् । ट्रम्पले एफबीआईबाट ठूलो संख्यामा आएका एजेन्टहरुले आफ्नो घर नियन्त्रणमा लिएको बताएका छन्।

गत वर्ष अमेरिकी क्यापिटल भवनमा भएको दंगामा ट्रम्पको संलग्नता भएको भन्दै छानबिन प्रक्रिया जारी छ । त्यसै क्रममा आफूले सहयोग गर्दा गर्दै अनाधिकृत रुपले एफबीआईले निवासमा छापा मारेको उनको गुनासो छ। उनले आफूलाई सन् २०२४ मा राष्ट्रपतीय निर्वाचन लड्न नदिने षड्यन्त्र भइरहेको समेत जिकिर गरे।

ट्रम्प राष्ट्रपति भएको बेला सरकारी दस्ताबेज दुरुपयोग गरेको विषयमा एफबीआईले छापा मारेको बीबीसीले जनाएको छ।

फ्लोरिडाको घरमा एफबीआईले छापा मार्दा पूर्वराष्ट्रपति ट्रम्प न्यूयोर्क शहरको ट्रम्प टावरमा रहेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ३८ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई