मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा | Khabarhub Khabarhub

मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको खेलमा घरेलु टोली विजय युथ क्लब र विदेशी टोली क्यामरुनको एभिनियर एफसी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

बिहीबार बिहान भएको खेलमा विजय युथले नवजनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । बुधबार दिउँसो बर्षाको कारण स्थगित भएको विजय युथ र सिमराको खेल बिहीबार बिहान खेलाइएको हो ।

विजय युथका लागि अमिर श्रेष्ठ, संजोग राई र सुनिल घलानले समान १÷१ गो गरे । सिमराका डिफेण्डरले विजय युथका अमिर श्रेष्ठलाई फल गरेपछि प्राप्त पेनाल्टीलाई श्रेष्ठले सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ द म्याच विजय युथका सुनिल घलान भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

त्यसैगरी बिहीबार दिउँसो भएको खेलमा क्यामरुनको एभिनियर एफसीले ए डिभिजन टोली चर्च ब्वाइजलाई ४–० ले हराएको हो । चारै गोल पहिलो हाफमा भएको थियो । एभिनियरका लागि बिल्ले, टिम्बा टिम्बा, एब्डेल र सेम सेम समान १-१ गोल गरेका थिए । दोस्रो हाफमा भने चर्च ब्वाइजले सम्हालिएर खेल्दै सुधारिएको खेल प्रश्तुत गरेका थिए ।

यसअघि भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइन प्रवेश गरेको हो । शुक्रबारबाट सेमीफाइनल खेल हुनेछ ।

पहिलो सेमीफाइनल खेल विजय यूथ र नेपाल पुलिस क्लबबीच हुनेछ भने शनिबार दोस्रो सेमीफाइनल आर्मी र एभिनियर एफसीबीच हुनेछ ।

३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ९ : १७ बजे

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि