स्थानीय निर्वाचनका लागि बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन | Khabarhub Khabarhub

स्थानीय निर्वाचनका लागि बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब ६ हजार २ सय परिचालन गरिने भएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी अनुसार स्थानीय निर्वाचनका लागि जिल्लाका ८ वटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना परिचालन भएका छन् । 

यसैगरी स्थानीय तह निर्वाचनका लागि ४ हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थल रहेका छन् । 

उनले बाँकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अत्यन्तै संवेदनशील भएको र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी त्यसै अनुरूप सुरक्षा प्रबन्ध मिलाइएको बताए । स्थानीय तह निर्वाचनको सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै सुरक्षा जिम्मेवारी रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । 

उनले मतदान केन्द्रको सुरक्षा तीन प्रकारका सुरक्षा निकायले आपसी समन्वयमा गर्ने र शान्तिपूर्वक मतदान गराउन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयं सेवकको भूमिका रहने गरी व्यवस्था मिलाइएको बताए । 

उनले मतदानमा खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत र कर्मचारीलाई आवश्यक तालिम दिएर पठाइएको बताए । 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ४३ बजे

लोकरिझ्याइँको नयाँ नीति तथा कार्यक्रम, पुरानोको अवस्था के छ ?

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज

संसद् रोकेर कांग्रेस सत्तारुढ दललाई फुटाउने दाउमा छ : डोलप्रसाद अर्याल

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

सरकारले पूर्व राजपरिवारको सम्पत्ति खोजबिनलाई निरन्तरता दिने 

काठमाडौं– सरकारले पूर्व राजपरिवारको सम्पत्ति खोजबिनलाई निरन्तरता दिने भएको छ

 सरकारले गाजाको औषधिजन्य उपयोगको नीतिगत व्यवस्था गर्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन

संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने

काठमाडौं– सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८१-८२ को नीति