पृथ्वीनारायण शाहको जन्म जयन्तीमा पुस्तक प्रदशर्नी | Khabarhub Khabarhub

पृथ्वीनारायण शाहको जन्म जयन्तीमा पुस्तक प्रदशर्नी


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पृथ्वीनारायण शाहको ३ सय औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनीको आयोजना गरेको छ ।

आइतबार पुस्तक प्रदर्शनीको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरे ।

प्रतिष्ठानमा २०१४ सालदेखि हालसम्म प्रकाशन गरेका पुस्तकहरु राखिएको छ । प्रदर्शनमा बजारमा अभाव भएका विभिन्न कृतिहरुलाई प्रकाशन गरेर प्रदर्शनीमा राखिएको उप्रेतीले जानकारी दिए । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्‍याउनका लागि प्रदर्शनी गरिएको उनले जानकारी दिए ।

प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शन सम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगन लगायत धेरै विधाका पुस्तक समावेश गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  २ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र