कांग्रेसले सबैलाई मिलाउने काम गरेको छ : नेता पौडेल | Khabarhub Khabarhub

कांग्रेसले सबैलाई मिलाउने काम गरेको छ : नेता पौडेल


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको राजनीतिमा कांग्रेसले सबैलाई मिलाउने काम गरेको बताएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा आज आयोजित चुनावी कोणसभामा उनले सबैलाई मिलाएर लैजान सक्ने क्षमता कांग्रेससँग मात्र रहेको जिकिर गरे।

नेता पौडेलले समाजमा विभाजन नभई एकता कायम गर्ने कांग्रेसको मूल ध्येय रहेको बताए। उनले भने, “बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न, संविधान कार्यान्वयन गर्न सबैलाई मिलाएर हिँड्न चाहन्छौँ । कम्युनिष्ट पार्टीका नेताहरु कांग्रेसको नेतृत्व स्वीकार गरेर गठबन्धन गर्न आउनुभएको छ ।”

नेता पौडेलले एकताको विकास गर्नका लागि राजनीतिक ध्रुवीकरण बढाउने नभई घटाउनेतर्फ कांग्रेस लागेको उल्लेख गरे। “विसं २०७४ मा कम्युनिष्टहरु मिलेर कांग्रेससँग प्रतिस्पर्धा गरे, त्यो गठबन्धन धेरै समय टिक्न सकेन, दुई तिहाइको सरकार कम्युनिष्टकै कारण विघटन भयो”, उनले भने ।

नेता पौडेलले शुक्लागण्डकी नगरपालिकामा पनि गठबन्धन गरेर चुनाव लडेकाले उम्मेदवारलाई जिताउन सम्पूर्ण कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र