इरानद्वारा तालिबानले नियुक्त गरेका अफगान कूटनीतिज्ञको ओहदा स्वीकार | Khabarhub Khabarhub

इरानद्वारा तालिबानले नियुक्त गरेका अफगान कूटनीतिज्ञको ओहदा स्वीकार


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानले तालिबानद्वारा नियुक्त अफगानिस्तानका तीन कूटनीतिज्ञको ओहदा स्वीकार गरेको छ । बीबीसी पश्तोले जनाएअनुसार इरानले राजधानी तेहरानमा रहेको दूतावासमा तालिबानले पठाएका कूटनीतिज्ञहरूको ओहदा स्वीकार गरेको हो ।

तालिबानले इरान पठाएका दूतावासका कूटनीतिज्ञमा एकजना तेश्रो तहका सचिव रहेको र अन्य दुई जना सामान्य कर्मचारी रहेको जनाइएको छ ।

पूर्ववर्ती सरकार पतन भएर हाल अफगानिस्तानमा तालिबानले शासन चलाइरहेपनि तेहरानस्थित अफगान दूतावास भने बन्द नभएको अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसले जनाएको छ ।

विश्वका अरु मुलुकहरूजस्तै इरानले पनि हालसम्म अफगानिस्तानमा तालिबानको सरकारलाई मान्यता दिएको छैन ।

यद्यपि इरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खतिबजादाले जनाएअनुसार अन्तर्राष्ट्रिय अभिसन्धिलाई ध्यानमा राखेर कूटनीतिज्ञको ओहदा स्वीकार गरिएको हो ।

कूटनीतिज्ञको ओहदा स्वीकार गर्दैमा इरानले तालिबान सरकारलाई मान्यता दिएको अर्थ नलाग्ने उनको भनाइ छ । यसअघि रुस, चीन, पाकिस्तान, टर्की र तुर्कमेनिस्तानले तालिबानद्वारा नियुक्त कूटनीतिज्ञको ओहदा स्वीकार गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ४५ बजे

गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते

अर्बौँ रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरेको विवादको मार

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब