रसुवामा निर्वाचनका लागि २५५ जना कर्मचारी खटाइने | Khabarhub Khabarhub

रसुवामा निर्वाचनका लागि २५५ जना कर्मचारी खटाइने


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा २ सय ५५ जना कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाका अनुसार केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरूको सूची तयार पारिएको छ।

छनोट गरिएका कर्मचारीहरूमध्ये मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरिँदै छ । त्यसपश्चात् कर्मचारीहरूलाई केन्द्रहरूमा खटाइने छ । शनिबार लाङटाङ र नौकुण्डमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ ।

जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाईंकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ ।

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : २७ बजे

नेपालगञ्ज उपमहानगरका उपमेयर राई जसपा नेपालमै रहने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका अध्यक्ष तथ नेपालगञ्ज

बागलुङको लाम्मेलामा आगलागी

बागलुङ– बागलुङको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र

दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा

सोलुखुम्बु– यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १०

व्यासका एक सय किसानलाई पशुपालन तालिम

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ