प्रदेशसभामा आज चार वटा मन्त्रालयको विनियोजित बजेटमाथि छलफल | Khabarhub Khabarhub

प्रदेशसभामा आज चार वटा मन्त्रालयको विनियोजित बजेटमाथि छलफल


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारको चार वटा मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल भएको छ ।

आजको बैठकमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रदेशसभा सदस्यहरुले आआफ्ना धारणा राखे ।

बैठकमा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, किशोरी साह कमल, शिवचन्द्र चौधरी, उपेन्द्र महतो, रानी शर्मा तिवारी, प्रमिलादेवी दास, अभिराम शर्मा, डा रिना यादव, जैनुल राई लगायतले कतिपय मन्त्रालयको बजेट कार्यक्षेत्र मिचेर विनियोजन गरिएको र बजेट विनियोजनमा भेदभाव भएको भन्दै बजेटलाई संशोधन गरी मात्र पारित गर्नुपर्नेमा जोड दिए ।

भोलि असार २४ गते शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, उद्योग पर्यटन तथा वन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

मन्त्रालय बजेटको छलफल सकिएपछि असार २५ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित हुने बताइएको छ ।

प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९÷०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ११ : ३७ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको