‘नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’ | Khabarhub Khabarhub

‘नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा उनले उक्त विधेयक बनाउनका लागि दुई वर्षसम्म करोडौँको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको बताए। “नागरिकता विधेयक समितिबाट पास भएर राष्ट्रियसभामा पनि आउँछ भन्ने लागेको थियो”, उनले भने, “दुई वर्षसम्म करोडौँ लगानी गरेर विधेयक फिर्ता गरियो, त्यो फिर्ता ल्याउन माग गर्छु ।”

उनले मधेसमा जन्मसिद्ध नागरिकता पाउनका लागि ठूलो समस्या भएको र धेरै युवा नागरिकताबाट वञ्चित भएको उल्लेख गर्दै भने, “यस विषयमा म गृहमन्त्रीबाट यो जवाफ चाहन्छु, त्यो  फिर्ता ल्याएर पास गरी त्यसलाई अघि बढाउन माग गर्दछु ।”

उनले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई लिएर अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु सकरात्मक भएको र छानबिन समितिले सत्य तथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरे। “नीतिलाई आत्मसाथ गर्नुपर्छ, राजनीतिक मूल्य मान्यता र परम्परालाई अगाडि बढाउन जरुरी छ, गलत व्यवहारमा प्रश्न उठेपछि आफैँले नैतिकताका आधारमा बुझ्नुपर्ने हो”,उनले भने, “त्यसका लागि आन्दोलन गर्नुपर्ने ठिक होइन, सही संस्कृतिलाई स्थापित गर्नुपर्ने ठाउँमा हामी छौँ ।”

युवालाई रोजगारी, पुँजी र प्रविधिको सदुपयोग हुन नसकेको समेत उनको भनाइ थियो । सांसद नारायणदत्त मिश्रले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रयोग भएको भन्ने कुरामा अर्थमन्त्रीले राजीनामा दिएको तर यसअघि पनि यस्ता समिति बन्दा अर्थमन्त्रीले राजीनामा नदिएको स्मरण गरे।

“संसद्मा यसअघि पनि विभिन्न समिति बनेको थिए, तर अर्थमन्त्रीले राजीनामा दिनुपरेको थिएन”, उनले भने, “अर्थमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुभएको छ ।” सांसद मिश्रले प्रत्येक वर्ष किसानलाई मलको अभाव हुने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उपलब्ध गराउन माग गरे।

सांसद डा युवराज शर्माले नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिका साथ अगाडि बढाउन माग गरे। धेरै नेपाली युवा नागरिकताबाट वञ्चित हुँदा अवसर गुमाउनुपरेको हुँदा नागरिकता विधेयकलाई राष्ट्रिय सहमतिका साथ पास गर्नुपर्ने उनले बताए । सांसद शर्माले नेपाल कृषिप्रधान देश भएकाले बाँकेलाई विशेष कृषिमुखी बनाउन ध्यान सरकारको ध्यानाकर्षण गराए।

सांसद उर्मिला अर्यालले अर्थमन्त्रीमाथि उठेका प्रश्नका बारेमा छानबिन समितिले सत्य अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने विश्वास व्यक्त गरिन्। उनले देशका विभिन्न ठाउँ रामेछाप, प्युठानलगायतका स्थानमा बस दुर्घटना भएर धेरै व्यक्तिको मृत्यु तथा घाइते भएको हुनाले सडक सवारीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद जन्यतीदेवी राईले पछिल्लो समयमा सडक दुर्घटनाबाट अकालमा धेरैले ज्यान गुमाइरहनुपरेको स्मरण गर्दै सडक यातायातलाई सुरक्षित बनाउन र भाडा दरमा समेत एकरूपता हुनुपर्नेमा जोड दिइन्। उनले बजारमा मूल्यवृद्धिका कारण जनजीवन निकै प्रभावित भइहरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै अनुगमन र खाद्यपदार्थको गुणस्तरमाथि ध्यान दिनुपर्नेमा जोड दिइन्।

सांसद सुमित्रा बिसीले अर्थमन्त्रीले तीन महिनासम्म राख्नुपर्ने सिसिटिभी फुटेजलाई १३ दिनमै हटाएकोप्रति आपत्ति जनाइन् । उनले छानबिन समितिले प्रमाण पत्ता लगाएर निष्पक्ष छानबिन गर्नेमा आफू आशावादी बनेको उल्लेख गर्दै भनिन्, “अर्थमन्त्रीले राजीनामा मात्र दिएर पुग्दैन, दोषी ठहर भएमा कारबाहीसमेत गरियोस् ।”

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  २ : ३९ बजे

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरी– बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई

मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी

काठमाडौं- उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि मलेसियास्थित समकक्षी

भन्सार विभागमा धर्ना बसेका आजपाका कार्यकर्ता प्रहरीको हिरासतमा

काठमाडौं– भन्सारको लूटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी

ज्ञानुकाको गुनासो- ‘डढेलोले सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी खोसियो’ 

मन्थली– दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबालिकाको लागि खर्च