बर्दिया घटनाबारे संसद्मा गृहमन्त्रीको जवाफ– गोली हान्ने आदेश नै छैन (भिडियोसहित) | Khabarhub Khabarhub

बर्दिया घटनाबारे संसद्मा गृहमन्त्रीको जवाफ– गोली हान्ने आदेश नै छैन (भिडियोसहित)


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउन सरकारको आदेश नभएको स्पष्ट पारेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।  प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उनको धारणा छ । ‘नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन । म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनमा सम्झाइबुझाइ गर्ने बरु सर्वपक्षीय सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन’ । उनले भने 

 बर्दियामा कसरी गोली चल्यो र एक जनाको मृत्यु भयो भन्नेबारे छानबिन गर्नका लागि गृहले ५ सदस्यीय छानबिन समिति गठन  गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले समितिलाई सात दिनमा घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको जानकारी गराएका छन् ।  बर्दियाको मधुवन नगरपालिका–२ मा बाघको आक्रमणबाट जोगिन सुरक्षाको माग गर्दै भएको प्रदर्शन नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो।

गृहमन्त्री खाँणले वन्यजन्तु आक्रमणबाट मानिसलाई जोगाउनका लागि दीर्घकालीन नीति तय गरी काम गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १ : ५२ बजे

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी

विराटनगर– कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख

सेती नदिमा बेपत्ता भएका एक जनाको शव फेला

डोटी– डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा

देशका चार सय ३६ स्थानमा डढेलो

काठमाडौं– देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

रेसुङ्गा पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका