माथिल्लो मैलुङ्ग ‘ए’ को निर्माण अन्तिम चरणमा  | Khabarhub Khabarhub

माथिल्लो मैलुङ्ग ‘ए’ को निर्माण अन्तिम चरणमा 


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवा र धादिङ जिल्लाको सीमा सोमदाङ क्षेत्रमा निर्माणाधीन माथिल्लो मैलुङ्ग ‘ए’ जलविद्युत् आयोजनाको काम असोज महिनामा सम्पन्न गर्ने लक्ष्य राखे काममा ढिलाइ भएको छ ।

विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र कोरोना भाइरसको असरले गर्दा निर्माण सम्पन्न गर्ने म्याद थपिएको थियो । ०६९ सालदेखि निर्माण सुरु भएको आयोजनाले गत असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तोकिएको समय सीमाभित्र निर्माण कार्य नसकेपछि दोस्रो पटक असोजसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ ।

दोस्रो पटक थपिएको समयमा काम नसकिएपछि फेरि पनि म्याद थप्ने तयारीमा लागेको आयोजनाले जनाएको छ । कुल ६.४२ मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य वर्षाका कारण ठप्प थियो । यसअघि वर्षाका कारण असारबाट निर्माण कार्य रोकिएको थियो ।

आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीका अनुसार वर्षा, नाकाबन्दी र बाढी पहिरोका कारण आयोजनाका काम पछि धकेलिएको हो ।

९ सय ३० मिटरमध्ये करिब तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ । ‘पेनस्टक जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ,’ प्रोजेक्ट इन्चार्ज जोशीले भने, ‘३ हजार ८ सय ४० मिटर हेडरेसमध्ये ६० मिटर मात्रै निर्माण बाँकी छ ।’आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ । आयोजनाले  हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने बताएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १० : ३७ बजे

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको