यातायात भाडा समायोजन गर्न माग | Khabarhub Khabarhub

यातायात भाडा समायोजन गर्न माग


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ ।

महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो ।

सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । भाडा समायोजनयता डिजेलको मूल्यमा प्रतिलिटर रु २६ र पेट्रोलको मूल्य प्रतिलिटर रु ३९ वृद्धि भएको छ ।

महासङ्घले पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने अवस्था भए पनि इन्धनको मूल्यमा उच्चवृद्धि हुँदासमेत सरकारले भाडा समायोजन गर्न चासो नदेखाएपछि आन्दोलित हुनुपरेको जनाएको छ ।

महँगोमा इन्धन खरिद गरेर घाटामा सेवा दिँदा यातायात व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोरेको महासङ्घका महासचिव भरत नेपालले बताए ।

नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले नेपालमा डिजेलको मूल्य प्रतिलिटर रु १३३ र पेट्रोलको मूल्य प्रतिलिटर रु १५० पुगेको छ । यातायात क्षेत्रको सुधारका लागि महासङ्घले दिएको सुझावको सरकारले बेवास्ता गरेको भन्दै उनले आगामी चैत १ गतदेखि दबाबमूलक कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए । 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : २८ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १