इजरायलद्वारा गाजामा हवाई आक्रमण, १५ जनाको मृत्यु | Khabarhub Khabarhub

इजरायलद्वारा गाजामा हवाई आक्रमण, १५ जनाको मृत्यु


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायली युद्धक विमानले गाजा पट्टीभरि सैन्य निशानामा प्रहार गरिरहँदा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या १५ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उक्त आक्रमणबाट १२५ जना घाइते भएका छन् ।

उत्तरी गाजाको बेइट हनुनमा इजरायली युद्धक विमानबाट कारमाथि आक्रमण गर्दा शनिबार एक महिलाको मृत्यु भएको छ । इजरायली हवाई आक्रमणको दुई दिनमा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीया बालिकासमेत अधिकांश ४० बर्ष मूनिका युवा रहेका गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जेनेरेटर सञ्चालन गर्न आवश्यक इन्धनको अभावमा ७२ घण्टाभित्र आफ्नो चिकित्सा सेवा बन्द गर्न सक्ने चेतावनी पनि दिएको छ ।

मन्त्रालयका प्रवक्ता आश्राफ अल–किद्राले प्रेस सम्मेलन गर्दै भने, ‘घाइतेहरूका लागि आकस्मिक सेवासुनिश्चित गर्न सबै अस्पतालहरूमा बहिरंग सेवा र निर्धारित केही शल्यक्रियासमेतलाई रोकिएको छ ।’ गाजामा औषधीको अवस्था वर्षौंपछि ‘सबै भन्दा खराब’ अभावबाट गुज्रिरहेको अल–किद्राले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ११ : १० बजे

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता