छानबिन समितिबाट आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने नेता पुनकाे दाबी | Khabarhub Khabarhub

छानबिन समितिबाट आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने नेता पुनकाे दाबी


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका छन् ।

अहिले छानविनका लागि मार्गप्रशस्त मात्रै गरेको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका हुन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे । पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बताए ।

अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठन हुनुलाई पार्टीले स्वाभाविक रूपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाई छ । उनले छानबिन समितिले नै सत्य तथ्य ल्याउने भए पनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ति जनाए।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : २२ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७