कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो । प्रदेशसभाको बैठक असार १२ गतेदेखि बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८ औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगित हुँदै आएको छ ।

आगामी आव २०७९/८० को बजेटमा असन्तुष्टि जनाएको एमालेले सत्तापक्षसँग यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै विरोध जनाएको छ । प्रतिपक्षी दलले यसअघि भएको सातबुँदे माग अघि सारेको छ । उक्त सातबुँदे माग पूरा नगरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन ।

सभामुख राजबहादुर शाहीले भोलि बिहान सर्वदलीय बैठक बस्ने र दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको जानकारी दिए । ‘भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ उक्त बैठक बस्नुअघि सर्वदलीय बैठक बस्छ’, सभामुख शाहीले भने ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : ५७ बजे

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने