प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता हुँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता हुँदै


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवार र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताए । ‘प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीको एजेन्डा के हो हामीलाई थाहा छैन,’ रिमालले भने ।

प्रधानमन्त्री देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । प्रचण्डसँग पनि ४ बजे नै भेटवार्ताको समय तोकिएकाले तीन दलका शीर्ष नेताबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुन लागेको हो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : ०९ बजे

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ

एक वर्षमा तीन खर्ब ९३ अर्बले बढ्यो शेयर बजार पूँजीकरण

काठमाडौं – नेपालमा धितोपत्र (शेयर) बजार आकार एक वर्षमा तीन

९ महिनामा निजी क्षेत्रले २ खर्ब २२ अर्ब २१ करोड कर्जा लिए 

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अवधिमा २ खर्ब २२

चितवनमा पेट्रोल बम हानेर जलाइयो विद्यार्थी लिन हिँडेको बस

चितवनको भरतपुर महानगरपालिका-२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम

जलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिँदै

पर्वत– जलजला गाउँपालिकाको ७५ हेक्टर क्षेत्रफलमा सुन्तलाजन्य फलफूल खेती विस्तार