रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता | Khabarhub Khabarhub

रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो ।

पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।

‘नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। नेसुपा छिटै दल घोषणा सभामार्फत् आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरु जनतामाझ राख्ने तयारीमा रहेको छ’, विज्ञप्तिमा भनिनएको छ ।

खरेलका अनुसार निर्वाचन आयोगमा नेपाल सुशासन पार्टीको ४७ सदस्यीय केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।

जसमा अध्यक्षमा खरेल छन् भने उपाध्यक्षमा राजकुमार यादव, चन्द्रबीर नेम्वाङ्ग, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल छन् । पार्टीको महासचिवमा गोविन्द गिरी रहेका छन् ।

त्यस्तै सचिवहरुमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन् । कोषाध्यक्ष भक्तबहादुर श्रेष्ठ र सहकोषाध्यक्ष मिनकुमार श्रेष्ठ रहेको पार्टीमा केन्द्रीय सदस्यहरु गणेश घिमिरे, विनादेवी, प्रदीप चौधरी, अनिल पटेल, बासुदेव तिवारीलगायत छन् ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १० : १५ बजे

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्