रुस-युक्रेन युद्ध : परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश | Khabarhub Khabarhub

रुस-युक्रेन युद्ध : परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो ।

युक्रेनमा रहेको युरोपकै सबभन्दा ठूलो भनिएको जापोरिज्यास्थित परमाणु केन्द्रको भवनमा रुसी आक्रमणपछि आगलागी भएको थियो । रुसले परमाणु ऊर्जा केन्द्रलाई निशाना बनाएपछि पश्चिमा नेताहरुले यसको निन्दा गरेका हुन् ।

रुसी आक्रमणले आगलागी भए पनि त्यहाँ विकिरण भने नचुहिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

शुक्रबार जर्मन चान्सलरले एक घण्टा लामो फोन वार्ता गर्दै पुटिनलाई तत्काल युद्ध रोक्न आह्वान गरेका छन्। पुटिनले भने आफ्नो लक्ष्य पूरा गरेर छोड्ने चेतावनी यसअघि नै दिइसकेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : ५९ बजे

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने