काराबाओ कप स्थगित गर्न लिभरपुलको आग्रह | Khabarhub Khabarhub

काराबाओ कप स्थगित गर्न लिभरपुलको आग्रह


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिभरपुल– इंग्लिस क्लब लिभरपुलले काराबाओ कपअन्तर्गत आर्सनलविरुद्धको पहिलो लेगको सेमिफाइनल तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ ।

आफ्ना धेरै खेलाडी, अफिसियल तथा कर्मचारीमा कोभिड–१९ संक्रमण भएपछि लिभरपुलले इंग्लिस फुटबल लिग (इएफएल) लाई आग्रह गरेको हो । आर्सनल र लिभरपुलको खेल बिहीबार राति आर्सनल होम मैदान इमिरेट्स स्टेडियममा हुँदैछ ।

लिभरपुलले मंगलबारबाटै पहिलो टोलीको प्रशिक्षण रोकिसकेको छ । गत साता चेल्सीविरुद्ध भएको खेलमा लिभरपुलका प्रशिक्षक योगर्न क्लोपलाई दोस्रोपटक कोरोना पजिटिभ देखिएपछि उनी बाहिर रहे । सो खेलमा २–० को अग्रता बनाएको लिभरपुल २–२ अन्तरको बराबरीमा रोकिएको थियो ।

यसअघि गोलरक्षक एलिसन, जोइल माटिप र रोबोर्टाे फर्मिनोलाई समेत कोरोना पजिटिभ देखिएको थियो ।

यस्तै, रेडको स्क्वाटबाट मोहम्मद सलाह, साडियो माने र नाडी केईटा अफ्रिका खेल्न टिमबाट बाहिरिसकेका छन् । ‘हाम्रा खेलाडी र कर्मचारीमा कोभिड–१९ संक्रमणको आशंका भएकाले पिसीआर परीक्षण गरिएको छ । त्यसको नतिजा आइसकेको छैन । हामी यो खेलको मिति परिवर्तन गरियोस् भन्ने चाहन्छौ,’ लिभरपुलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १ : ४५ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र