बहराइनमा नेपाली श्रमिकका समस्या सम्बन्धमा अन्तरक्रिया | Khabarhub Khabarhub

बहराइनमा नेपाली श्रमिकका समस्या सम्बन्धमा अन्तरक्रिया


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनमा कार्यरत नेपाली श्रमिकका समस्या तथा हितका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बहराइनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या तथा हितका विषय सम्बन्धमा त्यहाँस्थित नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।

कार्यक्रममा बहराइनका नेपाली राजदूत तीर्थराज वाग्लेले नेपालीका श्रम समस्या, चासो र हितका विषयमाथि दूतावासले गर्दै आएको प्रयासबारे प्रकाश पार्दै संघसंस्थाको समेत सहयोगमा श्रमिकहरुको हित, सचेतना र दक्षता अभिवृद्धिका लागि दूतावास निरन्तर लागिरहने बताएका छन्।

श्रम सहचारी जमुना काफ्लेले वैदेशिक रोजगारीसंग सम्बन्धित संस्थागत, कानुनी तथा प्रकृयागत विषयमाथि प्रस्तुतिकरण गरेकी थिइन्। कार्यक्रममा सहभागी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले आफ्ना महत्त्वपूर्ण अनुभव, धारणा तथा सुझाव राख्दै आगामी दिनमा समेत यस प्रकारका अन्तरक्रियात्मक कार्यक्रमको निरन्तरताले श्रमिकका समस्या पहिचान तथा समाधानमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण दूतावासका सहचारी सुनिता लकान्द्रीले गरेकी थिइन्। कार्यक्रममा सहभागी नेपाली संघसंस्थाका प्रमुख र प्रतिनिधिको सक्रिय सहभागिता तथा महत्त्वपूर्ण सुझावको लागि दूतावासले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : ०१ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन