हलिउडमा पनि रेकर्ड बनाउँदै ‘आरआरआर’ | Khabarhub Khabarhub

हलिउडमा पनि रेकर्ड बनाउँदै ‘आरआरआर’


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाहुबली सिरिज मार्फत विश्वभर साउथ इन्डियन फिल्मलाई पुर्‍याउन सफल निर्देशक एसएस राजमौली निर्देशित पछिल्लो फिल्म हो ‘आरआरआर’ । साउथका दुई स्टार जुनीएर एन्टीआर र राम चरणलाई एउटै फिल्ममा ल्याएका निर्देशक राजमौली निर्देशित फिल्मले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । बलिउडबाट अजय देवगन र आलिया भट्टलाई समेत कास्ट गरेका निर्देशक राजमौलीको फिल्म ‘आरआरआर’ ले हलिउडमा पनि उत्तिकै व्यापार गरिरहेको छ ।

व्यापारसँगै यो फिल्मले अर्को उपलब्धि पनि हासिल गरेको छ । हलिउड क्रिटिक्स एसोसिएसनले बाँड्ने अवार्डमा यो फिल्म रनर अप बन्न सफल भएको छ । यसका लागि ‘आरआरआर’ले टम क्रुज अभिनीत ‘टप गन : माभरिक’ र रोबर्ट प्याटिसन अभिनीत ‘दि ब्याटमेन’ लाई जितेको हो ।

हलिउड क्रिटिक एसोसिएसनले बाँड्ने ‘एचसीए मिड सिजन’ अवार्डमा उत्कृष्ट फिल्मको रनर अप बन्न सफल भएको हो । वर्षको मध्यमा आयोजना गरिने अवार्ड भने ‘एभरिथिङ एभरीह्वेर अल एट वन्स’ ले जित्यो । उत्कृष्ट फिल्मको दौडमा ‘आरआरआर’बाहेक ‘टर्निङ रेड’, ‘चा चा रियल स्मुथ’, ‘एल्भिस’, ‘दि नर्थमेन’ आदि फिल्म थिए ।

अमेरिकामा दोहोर्‍याएर रिलिज भएको फिल्मले दोस्रो रिलिजमा समीक्षक तथा दर्शकबाट प्रशस्त तारिफ पाएको थियो । फिल्मको भव्य क्यान भासले सबैलाई प्रभावित गरेको थियो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : ३९ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।