बोल्ड करिश्मा (फोटो फिचर)  | Khabarhub Khabarhub

बोल्ड करिश्मा (फोटो फिचर) 


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २३ बर्षिया मोडल करिश्मा ढकाल म्युजिक भिडियोसँगै टिकटकमा सक्रिय छिन् । संख्यात्मक हिसाबमा एक हजार भन्दा बढी भिडियोमा अभिनय गरिसकेकी करिश्मालाई चिनाउने कार्यमा टिकटकको पनि उत्तिकै हात छ । मोडलिङमा सक्रियता भएको छोटो समयमा नै चर्चित भएकी करिश्माको उही खोलाको पानी, तिमी मलाई प्रलय मन पर्ने लगायतका गीतहरू सर्वाधिक रुचाइएका छन् ।

बाल्यकाल देखि नै कलाकारितामा उनको लगाव थियो । ‘बाल्यकालमा स्कुलमा हुने कार्यक्रमहरूमा सहभागिता जनाउने गर्थे । मैले कति प्रतियोगितामा पुरस्कार पनि जितेकी छु’ करिश्मा भन्छिन्, ‘सेल्फी सेल्फी बोलको तीज गीत मार्फत मैले मोडलिङमा पाइला टेकेकी हुँ’ । पहिलो गीत नै दर्शकको प्रिय बनेपछि करिश्मालाई भिडियोको अफर आउन थाल्यो । 

तीज गीत मार्फत चिनिएकी करिश्माले एक महिनामा ७० वटासम्म तीज गीतको भिडियोमा नृत्य गरेकी छिन् । ‘मेरो पहिचान नै तीज गीत भएकाले होला अफर निकै आयो । मैले काम पनि उस्तै गरे । मैले एकै दिनमा पाँच वटा भिडियोसम्ममा काम गरेकी छु’ उनले भनिन् । यद्यपि उनको चाहना अभिनेत्री बन्ने छ । हिरोइन बन्ने इच्छा बोकेकी करिश्मालाई अफर नआएको पनि होइन । यद्यपि चित्त बुझ्दो भूमिका उनी कहाँ पुगेको छैन । ‘म आफू सुहाउँदो भूमिका पाए भने फिल्ममा पनि सक्रियता बढाउँछु’ उनले भनिन् । सानो पर्दामा पाएको लोकप्रियतालाई ठुलो पर्दामा समेत यथावत राख्ने तयारीमा रहेकी करिश्माले खबरहबका लागि फोटोसुट गराएकी छिन् ।

 

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ५ : ३५ बजे

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको