देउवा एकलौटी बढ्ने खोजेको भन्दै कोइराला समूह सशंकित | Khabarhub Khabarhub

देउवा एकलौटी बढ्ने खोजेको भन्दै कोइराला समूह सशंकित

बुधबार कोइराला समूहको बैठक बस्दै


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढ्ने खोजेको भन्दै देउवासँग प्रतिस्पर्धा गरेको डा.शेखर कोइराला समूह सशंकित बनेको छ । सभापति निर्वाचित भएपछि प्रमाणपत्र बुझ्दा देउवाले सबैलाई समेटेर अगाडि बढ्ने बताए पनि उनले गरेका नियुक्तिले कोइराला समूह झस्किएको हो ।

मंगलबार अनुपम फुडल्याण्डमा कोइराला समूहका नेताहरुको अनौपचारिक बैठक बसेर महाधिवेशन र देउवाबारे समीक्षा गरेको छ । बैठकपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘आज खास हाम्रो बैठक होइन, अनौपचारिक भेट भएको हो। सभापति देउवाजीको काम गराइबारे सामान्य कुरा भएको छ ।’

उनले १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले एकलौटी गरेको टिप्पणी गरे। देउवाले आफूलाई सहयोग गर्ने र आफू निकटका नेतालाईमात्र केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । नेता केसीले केन्द्रीय सदस्य मनोनयन र राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोटले देउवा एकलौटी अगाडि बढ्न खोजेको जस्तो देखिएको बताए ।

डा. शेखर कोइरालाले मंगलबार आफ्नो टिमबाट उम्मेदवार बनेका नेताहरुलाई आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएका छन् । सो बैठकले संस्थापन इतर समूह आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय लिनेछ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : १० बजे

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल