एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाइएको छैन : परराष्ट्र मन्त्रालय | Khabarhub Khabarhub

एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाइएको छैन : परराष्ट्र मन्त्रालय


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार गरेको छैन ।

६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरे पनि हालसम्म पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई गर्ने पत्राचारका अध्ययन भइरहेको जानकारी दिइन् ।

सरकारको निर्णय मन्त्रालयले प्राप्त भएको बताएकी उनले सरकारको निर्णयलाई कूटनीतिक माध्यमबाट कार्यान्वयन गर्दै पत्राचार गर्ने जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको बताइन् । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिरहेको जानकारी दिएकी उनले भ्रमण मितिको टुंगो लाग्न भने बाँकी रहेको बताइन् ।

यसैबीच प्रवक्ता सेवा लम्सालले कोरोनाभाइरस संक्रमणका कारण अध्ययन बीचमै छाडेर नेपाल फर्किएका विद्यार्थी अध्ययनलाई निरन्तरता दिन पुनः चीन जान पाउने जानकारी दिइन् । नेपाल फर्किएका ८५० विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जनालाई चीनले मंगलबार लैजाने उनले बताइन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : ११ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम