साफको अध्यक्षमा सलाहुदिन, उपाध्यक्षको टुंगो लागेन | Khabarhub Khabarhub

साफको अध्यक्षमा सलाहुदिन, उपाध्यक्षको टुंगो लागेन


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एशियाली फुटबल फेडेरेसन (साफ) को कंग्रेसले काजी मोहम्मद सलाहुदिनलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको छ । अध्यक्षमा निरन्तरता दिने निर्णय गरेसँगै बंगलादेश फुटबल संघका अध्यक्ष समेत रहेका सलाहुदिनले २०२६ सम्म साफ प्रमुखको भूमिका निर्वाह गर्ने भएका छन् ।

साफको शनिबार बसेको चुनावी साधारणसभाले भुटान फुटबल संघका उग्येन वाङ्चुकलाई महासचिवमा पुनः दोहोर्‍याएको छ । यस्तै, उपाध्यक्षको विषयमा भने साफले टुंगो लगाउन सकेन । उपाध्यक्षमा दुई पद रहनेछ । उपाध्यक्ष आगामी कांग्रेस २०२३ मा हुने साफले जनाएको छ । यसअघि नेपालबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

तर, पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा निर्वाचित भएपछि सुन्दरनरसिंह जोशीलाई उपाध्यक्षमा पठाउने निर्णय गरेको थियो । यस्तै, साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ । 

एन्फाले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो । शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो । यस्तै यु–१७ साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : २७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड