मार्कोनीको सफलता | Khabarhub Khabarhub

मार्कोनीको सफलता


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्यल्मो मार्कोनीले प्रथम व्यवहारिक रेडियो सिग्बल सिस्टमको आविष्कार गरे । त्यही काम वापत्ला उनले सन् १९०९ मा नोबेल पुरस्कार जिते । रेडियो र टिभीको आविष्कारमा मार्कोनीले महत्वपूर्ण योगदान दिए ।

किशोर अवस्थामा नै मार्कोनी घरको एक कोठाबाट अर्को कोठासम्म सन्देश पठाउँथे । उनको सपना संसारभर एक ठाउँबाट अर्को ठाउँसम्म सन्देश पठाउन सकियोस् भन्ने थियो ।

समयको बरबादी सिवाय अरू केही नहुने भन्दै उनका बाबुले उनलाई यो काम गर्न छोड्न भनेर धेरै सम्झाए । यसको सट्टा पैसा कमाउन सकिने कुनै काम गर्न उनका बाबु भनिरहन्थे । तर मार्कोनीले आफ्नो बाबुको सल्लाहलाई आफ्नो सपनाको बाधक बन्न नदिई लागिरहे ।

छोटो दुरीको सन्देश सफलतापूर्वक पठाउन सफल भएपछि सन् १९०१ मा मार्कोनीले बेलायतबाट अमेरिकासम्म तारविहीन सन्देश पठाउने निश्चय गरे । मार्कोनीले अमेरिका पुगेर एरियलको रुपमा बाँस तथा रेशमको एक पातालाई प्रयोग गरे । तेज हावाले यो पाताको एक छेउ उडाइदियो तर मार्कोनीले हार मानेनन् । उनले एउटा यस्तो पाता बनाए जुन हावामा सुरक्षित रहन सक्थ्यो ।

त्यतिबेला उनी धेरै निराश भएका थिए जतिबेला उनलाई लागिरहेको थियो यो प्रयोग सफल भएन अब मेरो जीवनको महान् सपना अधुरो रहने भयो । त्यही वेला अचानक उनले एक हल्का आवाज सुने । फेरि एउटा अर्को आवाज, फेरि एउटा अर्को आवाज । प्रयोग सफल भएको थियो। यो ३ वटा बिन्दुको पूर्व निर्धारित सङ्केत थियो । टेलिग्राफको भाषामा यसको अर्थ थियो एस अक्षर ।

केवल २७ वर्षको उमेमा उनको सपना पूरा भयो । ताररहित टेलिग्राफीको जन्म भयो र संसारको नक्सा बदलियो ।

साभार : ‘सफलता’ पुस्तकबाट

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ३५ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन