चीन र अमेरिकाका विदेशमन्त्रीबीच फोनवार्ता | Khabarhub Khabarhub

चीन र अमेरिकाका विदेशमन्त्रीबीच फोनवार्ता


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

समाचारअनुसार उनीहरुबीचको फोन वार्तामा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानी भएको बताइएको छ । यसका अतिरिक्त अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

त्यस क्रममा उनीहरुबीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो ।

अमेरिकी सेनाहरु त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएका थिए । साथै उनले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठूलो सङ्ख्यामा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट उद्धार गर्नुपर्ने चुनौती बाँकी नै रहेको पनि बताए ।

यस्तो अवस्थामा सबै विश्वसमुदाय र संयुक्तराज्य अमेरिकासमेत अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट सकुशल उद्धारका लागि बोल्नुपर्ने पनि उनले बताए ।

हाल अफगान नागरिकलाई उनीहरुको अवस्था तथा अधिकारका लागि विश्वसमुदायले सहयोग गर्नुपर्नेमा पनि उनीहरुबीच कुराकानी भएको बताइएको छ ।

आगामी दिनमा पनि अफगान नागरिकको सुरक्षाका साथै उनीहरुको उद्धार र सहयोगका लागि पनि विश्व समुदायले काम गर्नुपर्ने तथा आगामी दिनमा तालिबानीहरुले के कस्तो नीति अख्तियार गर्नेछन् त्यसमा अफगानिस्तानको भविष्य निर्धारण हुने पनि उनीहरुबीच कुराकानी भएको सो समाचार समितिले जनाएको छ ।

अफगानिस्तानमा अहिले पनि १० हजारभन्दा बढी विदेशीहरु आफ्नो देश फर्किनका लागि बसेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ६ : ४० बजे

‘पुजार सार्की’ जो हुन्, ‘कास्कीकोटका अधिकारी ठूलाबा’

काठमाडौं– म्युजिक भिडियो निर्देशनमा कहलिएको नाम हो, विकास सुवेदी ।

बाँकेमा रासायनिक मलको अभाव

नेपालगञ्ज – मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक

इरान बन्दरगाह सम्झौताबारे अमेरिकी धम्की स्वीकार्य छैन : भारत

नयाँदिल्ली – भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले भारतले इरानमा रणनीतिक बन्दरगाह

आजका समाचार : उपेन्द्र यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेशदेखि सन्दीपलाई सफाइसम्म

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल र

सफाइपछि सन्दीपको प्रतिक्रिया- निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै