भदौमै महाधिवेशन हुने सभापतिको अभिव्यक्तिले झस्काएको छ : शेखर कोइराला | Khabarhub Khabarhub

भदौमै महाधिवेशन हुने सभापतिको अभिव्यक्तिले झस्काएको छ : शेखर कोइराला


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे दिएको अभिव्यक्तिले आफूलाई झस्काएको बताएका छन् ।

कांग्रेस सिन्धुपाल्चोकले शनिबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता कोइरालाले सभापति देउवाको भदौ १६ गते महाधिवेशन उद्घाटन हुन्न भन्ने अभिव्यक्तिले आफूलाई झस्काएको बताएका हुन् ।

उनले सभापति देउवाको अभिव्यक्तिले कतै पार्टीको महाधिवेशन उद्घाटन पनि तरुण दलको महाधिवेशन जस्तो हुने त होइन भन्ने चिन्ता व्यक्त गरे ।

‘तरण दलको महाधिवेशन उद्घाटन भयो, त्यो महाधिवेशनले तीन जना पदाधिकारी मात्र चयन गर्‍यो ।’ डा. कोइरालाले भने, ‘अहिले पदावधी सकिँदा पनि तरुण दलमा तीन जनामात्रै पदाधिकारी छन् । पार्टीको महाधिवेशन पनि त्यस्तै हुने त होइन ?’

पार्टीको विधानमै नभएको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको सन्दर्भ दोहोर्‍याउँदै उनले पार्टीका साझा कार्यकर्तालाई भुलभुलैयामा नराख्न नेतृत्वसँग आग्रह गरे ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : २७ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि