दार्चुला घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन, एसएसबीको ज्यादती रोक्न माग | Khabarhub Khabarhub

दार्चुला घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन, एसएसबीको ज्यादती रोक्न माग


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महाकाली नदीमा रहेको तुइनको डोरी काट्दा दार्चुलाको ब्यास गाउँपालिका – २ का जयसिंह धामी बेपत्ता भएको घटनाको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको छ ।

शनिबार काठमाडौँमा विरोध प्रदर्शन गर्दै सो पार्टीले सीमाक्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ । प्रदर्शनमा सहभागी भएकाहरुले भारतीय साम्राज्यवाद मुर्दावाद, सीमामा भारतीय ज्यादती बन्द गर, लिपुलेक कालापानी हाम्रो हो, नेपाल र नेपालीमाथिको हत्या हिंसा बन्द गर लगायतका नारा लगाएका थिए ।

धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटी दिँदा महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।

यस्तै, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी उक्त घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

शुक्रबार महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ का धामी नदीमा बगेका थिए । तुइनमा महाकाली तरिरहेको बेला भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न भारतीय एसएसबी जवानलाई कारवाहीको दायरामा ल्याउन सरकारले ठोस पहल गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उखु किसानसँग पटक–पटक सम्झौता गरेर पनि वर्षौँदेखि करोडौँ बक्यौता रकम किसानलाई नदिने, झुलाउने र अलपत्र पार्ने जुन जालझेल राज्यले गर्दै आएको छ त्यसको जोडदार विरोध गर्दै सर्लाही, रौतहट र नवलपरासीका उखु किसानको वर्षौँदेखिको बक्यौता हर्जाना र ब्याजसहित सम्पूर्ण रकम असुलउपर गरियोस् ।”

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ४५ बजे

कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक सिफारिस

विराटनगर- आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

सम्भावित रणनीति तय गर्न देउवाले पार्टी पदाधिकारीलाई बूढानीलकण्ठ बोलाए

जनता समाजवादी पार्टी विभाजनपछिको राजनीतिक अवस्था र शुक्रबारदेखि सुरु हुने

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध

काठमाडौं– भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा

मातातीर्थ औँसी देशभर मनाइयो (तस्बिरहरु)

काठमाडौं– मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब

विराटनगर – काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न