‘इण्डियन आइडल’फिनालेमा गीत गाउदै आदित्य–उदित | Khabarhub Khabarhub

‘इण्डियन आइडल’फिनालेमा गीत गाउदै आदित्य–उदित


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड गायक तथा टेलिभिजन होस्ट आदित्यनारायण झाका लागि यसवर्षको ‘इण्डियन आइडल’ केही विशेष छ । आगामी अगष्ट १५ मा हुने यो शोमा शोका होस्टसमेत रहेका आदित्यले आफ्ना भेट्रान गायक पिता उदितनारायण झासँग गीत गाउदैछन् ।

तर उनीहरुको गीत गाउने शैली केही फरक हुनेछ । अर्थात् आदित्यले उदितको गीत गाउनेछन् भने उदितले आदित्यको । आदित्यले उदितको ‘डोली सजा के रख्ना’, ‘पापा केहते हे’, ‘जादु तेरी नजर’ र ‘पेहला नसा’ गीत गाउँदा उदितले आदित्यको गीत ‘तत्तड तत्तड’ र ‘इश्किया डिस्कियाँ’ गाउनेछन् ।

‘बुवासँग एकै स्टेजमा गीत गाउन पाउदा उत्साहित छु । म बुवाको र बुवाले मेरो गीत गाउनेछौं’, आदित्यले भनेका छन् । मुम्बईको सेटमा छायांकन हुने फिनालेमा प्रतियोगिताको उत्कृष्ट १५ प्रतिष्पर्धीले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ३ : ०० बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले