सेनाको महावीर रेञ्जर युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट | Khabarhub Khabarhub

सेनाको महावीर रेञ्जर युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको महावीर रेञ्जर रेजिमेन्ट युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट भएको छ । सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो ।

यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् । यसैगरी क्रमशः नं १३ बाहिनी अड्डा चौथो, नं. १७ बाहिनी अड्डा पाँचौं, नं १५ बाहिनी अड्डा छैटौं, नं. १४ बाहिनी अड्डा सातौं भएका छन् ।

सेनाको वार्षिक निरीक्षण तथा अनुगमन कार्यक्रम ०७७/०७८ अनुसार पाँचवटा कम्ब्याट सपोर्ट बाहिनीहरु, विशेष फौज बाहिनी र रेञ्ज रेजिमेन्टको तालिममा सहभागिता थियो । चैत ९ देखि २० गतेसम्म उक्त तालिम सञ्चालन भएको र हाल नतिजा सार्वजनिक गरिएको सेनाले जनाएको छ ।

उक्त प्रतिस्पर्धामा प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन–२०७५ तथा कमाण्ड प्रतिबद्धताको प्रगति विवरण, कार्य वेलफेयर, दण्ड सजाय तथा पुरस्कार सम्बन्धी नीति, इन्टिलिजेन्स, अपरेशन, बन्दोबस्ती, विपद् व्यवस्थापन, नीति निर्देशन तथा परिपत्रको कार्यान्वयनको अवस्था र आर्थिक व्यवस्थापन लगायतका विधाहरुको आधारमा मूल्यांकन गरिएको थियो ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले प्रधानसेनापतिको कमाण्ड मार्गनिर्देशन अनुसार नियमित हुने यो तालिममा युद्धकार्यका साथै पेशागत निरीक्षणको मूल्याँकन अनुसार नतिजा प्रकाशन भएको जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ८ : ४५ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।