सरकारले जनतामा ‘सुरुङ युग’को भ्रम छरेको कांग्रेसको आरोप | Khabarhub Khabarhub

सरकारले जनतामा ‘सुरुङ युग’को भ्रम छरेको कांग्रेसको आरोप


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु असंवैधानिक कदम भएको ठहर गरेको छ ।

बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले संसद नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु गलत भएको बताएका हुन् । ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला भएपछि सरकारको जसले जिम्मेवारी पाउँछ त्यसैले बजेट ल्याइहाल्छ नि ! यो विचारमा अहिले पनि हामी प्रष्ट छौँ ।’

जनतामा बजेटको लोकप्रियता बढेकाले विपक्षीले सरकारको विरोध गरेको सत्तापक्षका नेताहरुले बताइँरहदा कांग्रेसले यो सरकारको जनमत बढ्दै छ भनेर कसैलाई पनि भ्रम नभएको स्पष्ट गरेको छ ।

‘यो सरकारको जनमत बढ्दै छ भनेर कसैलाई पनि भ्रम छैन । यो सरकार आफ्नो अलोकप्रियताको सबैभन्दा गहिरो विन्दुमा पुगेको छ । त्यसैले बजेटमार्फत यो सरकार लोकप्रिय होला कि भन्ने हामीलाई चिन्ता छैन ।’ सांसद रिजालले भने, ‘हामीलाई देश र जनताको चिन्ता छ । जनता दुःखमा छन् । कोरोनाको कहरमा छौँ । अर्थतन्त्र बिग्रने खतरा छ । राजनीतिप्रतिको निराशा छ ।’

उनले जनता सुरुङको अन्धकारमा धकेलिएको तर सरकारले देशमा सुरुङ युग शुरू भएको गफ दिएको टिप्पणी गरे । उनले भने, ‘जनता सुरुङको अन्धकारमा धकेलिएका छन् । तर सरकार देशमा सुरुङको युग शुरू भयो भन्छ ।’

सरकारले वर्तमान समस्या समाधानमा ध्यान दिने भन्दा पनि पाँच वर्ष–दश वर्षपछिको कुरा गरेर जनतालाई भ्रममा पार्ने काम गरेको उनले आरोप लगाए ।

नेता रिजालले संसद पुनःस्थापना हुने कुरामा कुनै पनि शंका नरहेको पनि स्पष्ट पारे । ‘अहिले पनि विश्वास छ । सर्वोच्चले संविधान, न्याय र जनताको पक्षमा फैसला गर्छ भन्ने पूर्ण विश्वास छ । सर्वोच्चले गर्ने निर्णयपछि देशले मुक्ति पाउँछ ।’ उनले थपे, ‘लामो समयदेखि गफ हाक्ने, डिङ हाक्ने र अहंकारी सरकारबाट मुक्ति प्राप्त हुन्छ ।’

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ३ : २८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र